सप्तरी उधोग वाणिज्य संघद्धारा राजविराजमा नयाँ छिन्नमस्ता सभाहलको उद्घाटनसँगै यातायात ब्यवस्था कार्यलयको इकाई, कृषि विश्वविधालयको स्थापना र ग्रीन, क्लिन सिटीको योजना केही दिनमा कार्यन्वयनमा आउने कुरा त्याहाँका अर्थमन्त्रीले जनाएका छन्। यो योजना सरकारले वीरगञ्ज र जनकपुरको लागी मात्र ल्याएको थियो त्यसमा राजविराजको लागी पनि थप गरी १५ दिनभित्रमा १० करोड रुपैँया राजविराजको नगरपालिकामा आइपुग्ने कुरा अर्थमन्त्रीले खुलाएका छन्।
राजविराजमा यातायात ब्यवस्था कार्यलयको इकाई पनि निर्माण हुने भएको छ, जसले गर्दा त्याहाँका यातायात ब्यवसायीहरुलाई सहज वातावरण सीर्जना हुने विश्वास छ। २९ लाखको लगानीमा सुविधा सम्पन्न छिन्नमस्ता सभा हल निर्माण भएको छ। जसले त्याहाँका स्थानीय ब्यवसायीलाई र जिल्लाबासीलाई फाइदा पुग्ने भएको छ।
यस सभाहल निर्माण गर्नको लागि सहयोग गर्ने दुई दर्जन बढी ब्यक्तित्वलाई संयुक्त रुपमा कदर पत्रबाट सम्मान गरेका छन्। उक्त सभाहलले जिल्लाबासीलाई सहजता प्रदान गर्ने विश्वास पनि ब्यक्त गरेका छन्।