काठमाडौं। गरिमा विकास बैंकले विदेशमा रहेका ग्राहकको पहुँच पुग्ने गरी मोबाइल बैंकिङ सेवा स्तरोन्नति गरेको छ ।
विदेशमा बसी गरिमा विकास बैंकमार्फत मोबाइल बैंकिङ सेवा लिन चाहने ग्राहकले बैंकले तोके बमोजिमका कागजातपत्र पूरा गरी यो सेवा लिन सक्ने बताइएको छ ।
साथै, यो सुविधा लिने ग्राहकले गरिमा डीजी बटुवाकै युजरनेम र पासवर्ड प्रयोग गरी यस विकास बैंकको बेव बैंकिङ पनि सजिलै चलाउन सक्ने बताइएको छ ।
बैंकले कहिले पनि फोन गरेर वा अरू माध्यमबाट ग्राहकको बैंकिङ विवरण (जस्तै– पिन, पासवर्ड, ओटीपी आदि) नमाग्ने भन्दै फोनकल वा मेसेजको भरमा व्यक्तिगत बैंकिङ विवरण अरूलाई नदिन बैंकले अनुरोध गरेको छ ।