पश्चिम नवलपरासी। पश्चिम नवलपरासीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विद्युतको खम्बा बल्दै गरेको बत्ती निभाउने क्रममा करेन्ट लागेको हो।
आज बिहान ६ बजेको समयमा रामग्राम नगरपालिका–७ बस्ने जयप्रकाश यादव सोही वडाको उजैनीमा रहेको खम्बाको बत्ती निभाउन गएका थिए। सोही क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
करेन्ट लागेका यादवलाई उपचारका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको थियो।
उनलाई अस्पतालका डाक्टरले उपचारका क्रममा ६ः४० बजे मृत्यु भएको घोषणा गरेको थियो।