सिद्धार्थनगर। गत जेठ १५ गतेबाट रुपन्देहीको बुटवलमा सञ्चालनमा आएको बुटवल हिल्स जाने लुम्बिनी केबलकारको सेवा बन्द हुने भएको छ । बुटवलबाट पाल्पाको वसन्तपुर जाने केबलकारको सेवा तीन दिनसम्म बन्द हुने भएको हो।
असोज १४ गतेदेखि १७ गतेसम्म केबलकारको नियमित मर्मत सम्भारका लागि पूर्ण रुपमा सेवा बन्द गरिने लुम्बिनी केबलकार लिमिटेडले जनाएको छ।
केबलकारमा बेलाबखत चल्दाचल्दै रोकिने समस्या देखिने गरेकाले यसको मर्मत गरिने बताइएको छ।