काठमाण्डौं। तीन महिना भित्र चिनियाँ लगानिमा खुलेको होङ्शी सिमेन्टलाई विधुत् आपुर्ति गर्न सकिने भएको छ।
बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइन उधोगका लागी निर्माण भइरहेको आयोजना केही समयका लागी ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी विधुत् आपुर्ति दिन लागीएको हो। उक्त आयोजनाका लागी २२० केभी प्रसारण लाइन भरतपुर बर्दघाटका बिच खण्डबाट ट्यापिङ् गरिने भएको छ।
तीन महिना भित्रमा विधुत् आपुर्ति दिन सकिने भएकाले सोही अनुसारको काम गर्न आवश्यक परे अनुसारको तयारी गर्न नेपाल विधुत् प्राधिकरणका कार्यकारी निर्देशकले उक्त उधोगका पदाधिकारीहरुसँग छलफल गरी तयारी गर्ने अनुरोध गरेका छन्।
लाइन नपुगेको अवस्थामा होङ्शीले हाल डिजेल मार्फत विधुत् उत्पादन गरी प्रयोग गरिरहेको छ। उक्त लाइन उधोग, वाणिज्य तथा आपुर्ति मन्त्रालयको सिमेन्ट उधोगलाई विधुत् पुर्याउने उद्धेश्यले निर्माण भइरहेको हो।
उधोगको क्षमता वृद्धि गर्दै जादा लगभग ८० मेगावाट विधुत् होङ्शीलाइ मात्र आवश्यक पर्ने बताइएको छ। बर्दघाट सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटानको स्वीकृतिमा भएको ढिलाई र निजी जग्गा प्राप्तिको समस्याका कारण पुर्ण रुपमा सम्पन्न हुन सकेको छैन।