एजेन्सी। नाइजेरियामा डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका छन्। नाइजेरियाको उत्तरी राज्य केबीको एक स्थानीय नदीमा यात्रुबाहक डुङ्गा पल्टिँदा कम्तीमा ४० जना बेपत्ता भएका हुन्।
केबीको याउरी स्थानीय सरकारी क्षेत्रमा रहेको साप्ताहिक बजारमा कम्तीमा ५० जना यात्रु बोक्ने क्रममा सोमबार डुङ्गा पल्टिएको जिल्लाका प्रशासक बाला मोहम्मदले सञ्चारमाध्यमलाई जानकारी दिए ।
मोहम्मदका अनुसार अहिलेसम्म १० जना यात्रुको मात्र उद्धार गरिएको छ । उत्तर–मध्य राज्य नाइजर र केब्बीलाई जोड्ने नदी पार गर्दै गर्दा उक्त डुङ्गाले मुसलधारे बर्षाको सामना गर्नुपरेको थियो ।
नाइजर राज्य आपतकालीन व्यवस्थापन एजेन्सीका प्रमुख सालिहु गरबाले राज्यको राजधानी मिन्नामा पत्रकारहरूलाई स्थानीय अधिकारी र आपतकालीन सेवाहरूले हराइरहेका यात्रुहरूको खोजी र उद्धार सेवा सुरु गरेको बताए । स्थानीय गोताखोरलाई डुङ्गामा सवार बेपत्ता यात्रुको खोजी तथा उद्धारका लागि परिचालन गरिएको गरबाले जनाएको छ ।