काठमाडौं। चीनको सांघाईमा कोरोना संक्रमण देखिएपछि सयौँ हवाइ उडान रद्द गरिएको छ। सांघाईमा तीन जनामा कोरोना भाइरस भेटिएपछि सयौं उडानहरू रद्द गरिएको हो।
शुक्रबार सांघाईका दुई प्रमुख विमानस्थलबाट ५०० भन्दा बढी उडानहरू रद्द गरिएको हो। उडान रद्द गरिनुका साथै यहाँका केही विद्यालयहरू बन्द समेत गरिएको छ।
साथै यहाँ भ्रमण समूहहरू पनि रद्द गरिएको छ। बेइजिङले यात्रा प्रतिबन्धहरू र कडा रुपमा गरिएका लकडाउनका कारण आफ्नो सिमानामा कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न धेरै हदसम्म सफल भएको छ ।
सांघाईबाट नजिकै पर्ने शहर सुझाउबाट फर्किएका तीन व्यक्तिमा कोरोनाको सङ्क्रमण देखा परेको जनाइएको छ । बिहीबार साँझ जारी एक पत्रकार सम्मेलनमा स्वास्थ्य अधिकारीहरूले कोरोना सङ्क्रमण भएका यी तीन जनाले नै पूर्ण मात्रा खोप लगाएको जानकारी दिइएको छ ।