काठमाडौं। सुदूरपश्चिम प्रदेशको बझाङको चैनपुर केन्द्रविन्दु भएर गए राति दुई पटक भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गए राति १०ः५१ बजे बझाङको चैनपुर केन्द्रविन्दु भएर ४.५ म्याग्नेच्युडको र गए राति १२ः२३ बजे चैनपुर नै केन्द्रविन्दु भएर ३.९ म्याग्नेच्युड भूकम्प गएको हो।
गत मंगलबार अपराह्न २ः४० बजे बझाङको तालकोट केन्द्रविन्दू भएर ५.३ म्याग्नेच्युडको भूकम्प गएको थियो। सोही दिन दोस्रोपटक ३ः०६ बजे बझाङ सदरमुकाम चैनपुर भएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।
मंगलबार यता बझाङमा ४ म्याग्नेच्युडभन्दा माथिका १३ वटा भूकम्प गइसकेको छ। उक्त भूकम्पमा परेर एक जनाको ज्यान गएको थियो भने दर्जनौँ व्यक्ति घाइते भएका छन्। यस्तै सयौँ घरमा क्षति पुगेको छ।