काठमाडौं। लुम्बिनी केबलकार लिमिटेडले दसैं, तिहार, नेपाल सम्वत र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ। आइतबारदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरुमा ४० प्रतिशत छुट दिइएको छ।
अब शनिबारबाहेक अन्य दिनहरुको टिकट दर ४५० रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ। नेपालीहरुका महान चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको बताइएको छ।
चाडपर्वमा सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीको विश्वास छ।