काठमाडौं। स्याङ्जा जिल्लाको वालिङ नगरपालिका–८, शीलतनगरमा अत्याधुनिक बसपार्क निर्माण कार्य सुरु भएको छ। बसपार्क निर्माणका लागि नगरपालिका र नगरविकास कोषबीच सम्झौता भएसँगै निर्माण प्रक्रिया सुरु भएको हो।
नगर प्रमुख कृष्ण खाँण र नगर विकास कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद सापकोटाबीच सम्झौता आदानप्रदान भएको हो। नगरपालिका र कोषबीच १२ करोड २७ लाख ५७ हजार रुपैयाँको लागतमा सुविधा सम्पन्न बसपार्क निर्माण लागि सम्झौता भएको छ।
सम्झौता रकममध्ये नगर विकास कोषबाट ६ करोड ७५ लाख ऋण र १ करोड २३ लाख अनुदान प्राप्त भएको छ। करिब ४ करोड ३० लाख रुपैयाँ भने वालिङ नगरपालिकाको रहेको नगरपालिकाले बताएको छ।