धनकुटा। स्वदेशी उद्योगलाई पहिलो प्राथमिकता दिन उद्योगीहरुले माग गरेका छन्। विदेशबाट आयातीत सामग्रीले स्थानीय उद्योगलाई धरासयी बनाउँदै विस्थापित गर्न थालेको भन्दै स्वदेशी उधोगलाईनै प्राथामिकता दिन माग गरेका हुन्।
स्वदेशी उद्यम र उत्पादन, दिगो औद्योगिक पुनरुत्थान भन्ने नाराका साथ सातै उद्योग दिवसको अवसरमा धनकुटामा आयोजित कार्यक्रमा उधोगीहरुले यस्तो माग गरेका हुन्। उद्योगीहरुले उद्योग सञ्चालनका लागि चाहिने कच्चा पदार्थमा लाग्ने भान्सार र निकासी करमा छुट दिन समेत माग गरेका छन्। घरेलु तथा साना उद्योग कार्यालय धनकुटाले आयोजना गरेको अन्तक्रिया कार्यक्रमा उनिहरुले यस्तो बताएका हुन्।
उधोगीहरुले नितिगत रुपमा नै स्वदेशी उत्पादन लाई अनिवार्य प्रयोग गर्न व्यवस्था मिलाउनु पर्ने बताए। घरेलु तथा साना उद्योग महासंघ धनकुटाका अध्यक्ष राजेश्वरबहादुर श्रेष्ठका अनुसार घरेलु उद्योगहरुले स्थानीय स्तरमा रोजगारीको समेत सिर्जना गरेको कारण स्थानीय स्रोत साधान प्रयोग गरेर स्थापना गरिएका उद्योगलाई राज्यले विशेष प्राथमीकतामा राखेर निति बनाउनु पर्छ। जसले गर्दा बेरोजगार भइ बसेका प्रत्यक नेपालीले रोजगारीको अवसर प्राप्त गर्न पाउँने छन्।