जनकपुरधाम। बिगो मुद्दामा सजाय तोकिएपछि फरार रहेका निर्माण व्यवसायी संघ धनुषाका अध्यक्ष अशोक चौधरी पक्राउ परेका छन् । धनुषा जिल्ला अदालत फैसला कार्यान्वयन दास्ता र धनुषा प्रहरीको संयुक्त टोलीले चौधरीलाई शनिवार पक्राउ गरेको हो।
जनकपुरधाम १५ घर भएका ४५ वर्षीय चौधरीलाई धनुषा प्रहरीले हिजो सार्वजनिक गरेको छ ।
प्रहरीका अनुसार बिगो मुद्दामा चौधरीलाई अदालतले ६ महिना कैद सजाय सुनाइएको छ । उनमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।