सिराहा। सिराहा जिल्लाको सुखीपुर नगरपालिकाको दलित बस्तीमा खानेपानीको धारा जडान गरिने भएको छ। नगरपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रमअनुसार दलित बस्तीमा खानेपानीको धारा जडान गर्ने भएको हो।
एक घर एक धारा कार्यक्रममार्फत धारा वितरण गर्न लागेको नगरपालिकाका प्रमुख राम रौतर यादवले जानकारी दिए। खानेपानी वितरणका लागि आवश्यक बजेट नगरपालिकाले नै व्यर्होने उनले बताए।
चालू आवमा पालिकाभित्रका १० वटै वडामा खानेपानीको धारा वितरण गरिने प्रमुख यादवले बताए।