काठमाडौं। सिक्किमको टिस्टा नदीमा बाढी आउँदा इलामका १० जना सम्पर्कविहीन भएका छन्। इलाम नगरपालिका–९ का १० जना यही असोज १६ गतेदेखि सम्पर्कविहीन भएका हुन्।
कामको खोजीमा सिक्किम पुगेकाहरूसँग हालसम्म सम्पर्क हुन नसकेको इलाम नगरपालिकाले जनाएको छ।
टिस्टा नदिमा बाढी आएपछि त्यहाँ टेलिफोन र विद्युतसमेत अवरूद्ध हुँदा सिक्किममा सम्पर्क स्थापित हुन नसकेको बताइएको छ। असोज १६ गते राति सिक्किमको लाचेन उपत्यकास्थित टिस्टामा बाढी आएको थियो।
टिस्टा नदीमा एकाएक पानीको सतह बढ्दा केही सैन्य गाडी हिउँको लेदोमा डुबेका, कयौँ वस्तीमा बाढी पसी घर भत्किँदा मानिसहरू विस्थापित भएका बीबीसीले उल्लेख गरेको छ।