काठमाडौं। धरान रंगशालामा प्लेयर बक्स निर्माण गरिएको छ। हाम्रो धरान भेट्रान्स फुटबल क्लबको सहयोगमा धरान रंगशालामा प्लेयर बक्स निर्माण गरिएको हो।
फुटबल प्रतियोगिता हुँदा खेलाडीलाई बस्नका लागि आवश्यक प्लेयर बक्स निर्माण गरी सोमबार जिल्ला खेलकुद विकास समिति सुनसरीलाई हस्तान्तरण गरिएको हो।
क्लबका अध्यक्ष अशोक राईले समितिका अध्यक्ष दीपक राईलाई प्लेयर बक्स हस्तान्तरण गरेका हुन्। क्लबले एक लाख ७० हजार रुपैयाँको लागतमा बक्स निर्माण गरेको जनाएको छ।