झापा। झापाको धुलाबारीमा कृषि, व्यापारिक तथा पर्यटन महोत्सव हुने भएको छ । कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यले आगामी शुक्रबारदेखि महोत्सव सुरु हुने भएको हो।
आयोजक मेची चेम्बर अफ कमर्सले आइतबार पत्रकार सम्मेलनको आयोजनागरी कृषि, पर्यटन र व्यापारको प्रवर्द्धन गर्ने उद्देश्यका साथ तीन साता लामो महोत्सव आयोजना गर्न लागेको जनाएको हो। मेचीनगर नगरपालिका र जिल्ला प्रशासन कार्यालय झापाबाट अनुमति लिएर दोस्रो पटक महोत्सव आयोजना गर्न लागिएको हो ।
महोत्सवमा कमर्सको ५ वटासहित १५ भन्दा बढी संघसंस्थाका स्टल रहनेछ । महोत्सवमा करिब ४५ लाख खर्च लाग्ने आयोजकको अनुमान छ ।
प्रमोद खरेल, प्रकाश सपुत, ज्योति मगर, एलिना चौहान, अस्मिता अधिकारी, लाहुरेलगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुसहित दार्जिलिङको मन्त्र ब्याण्डको विशेष सांगीतिक प्रस्तुतिसमेत रहने छ।