नेपालगञ्ज। बाँकेको नेपालगञ्ज उपमहानगरपालिकास्थित बीपीचोकमा शुक्रबार बिहान आगलागी हुँदा सात पसलमा क्षति भएको छ।
विद्युत् चुहावट भई आगलागी हुँदा आलिया ट्रेडर्स, शादिया फर्निचर, शरीके फर्निचरलगायत पसलका सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय, बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय, बाँकेका अनुसार अधिकांश सामान जलेर नष्ट भएको छ। क्षतिको विवरण संकलन हुँदैछ।
आगो नियन्त्रणमा ल्याउन दुई घण्टा लागेको बताइएको छ। आगो निभाउन उपमहानगरपालिकाको तीन र कोहलपुर नगरपालिकाको एउटा दमकल प्रयोग गरिएको थियो।