काठमाडौं। भायानेटले २४औँ वार्षिक उत्सब को अवसरमा, विशेष वार्षिकोत्सव अफर घोषणा गरेको छ। जसमा १२५ एम्बिपिएस इन्टरनेटको ३ (महिना सदस्यता मात्र रु २४२४ भ्याटबाहेक) पर्नेछ।
यस प्याकेजका नयाँ ग्राहकहरूले जडान शुल्कमा पनि उल्लेखनीय छुट पाउनेछन्। यसका साथै भायानेटको चाडपर्व अफरअन्तर्गत सबै ३ महिना वा सोभन्दा माथिका भायानेट ग्राहकहरूले अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका उपकरणहरूमा ५०५ सम्म छुट पाउने कम्पनीले जनाएको छ।
यस्तै आफ्ना ग्राहकहरु प्रति कृतज्ञता जनाउँदै, भायानेटले आफ्नो पुराना ग्राहकको इन्टरनेट निःशुल्क अपग्रेड गरेको छ। जसमध्य भायानेटका वार्षिक ग्राहकहरु, जसको २०० एम्बिपिएस इन्टरनेट छ उनीहरुको २५० एम्बिपिएस अपग्रेड भएको छ, ३०० एम्बिपिएस इन्टरनेट भएका ग्राहक ले निसुल्क ४०० एम्बिपिएस पाएका छन्, त्यस्तै अन्यको पनि इन्टरनेट निशुल्क अपग्रेड गरेएको छ।
भायानेट कम्युनिकेसन नेपालको अग्रणी इन्टरनेट र आइपिटिभी सेवाप्रदायक आफ्ना ग्राहकहरूलाई भरपर्दो र किफायती डिजिटल सेवाहरू प्रदान गरेको २४ वर्ष पूरा गरेको छ।
सन् १९९९ मा आफ्नो स्थापना भएदेखि नै भायानेटले अत्याधुनिक ब्रोडब्यान्ड इन्टरनेट र आईपीटीभी सेवाहरू उपलब्ध गराएर आफ्ना उपभोक्ताहरूको डिजिटल अनुभव सुधार गर्न निरन्तर लागिपरेको छ।