मुस्ताङ। कार्यलय, घर, गोठ, मेलापात जुनसुकै ठाउँमा गएपनि आफुसँग भएको मोबाइलवाट कुराकानीको साथै उच्च गतिको इन्टरनेट चलाउन पाएपछि उपल्लो मुस्ताङवासीहरुलाई सञ्चार क्षेत्रमा सहज भएको छ। कोरोनाको बेला स्कुल कलेजका विधार्थीलाई अनलाइनबाट पढ्न र देश विदेश तथा वल्लो गाउँ पल्लो गाउँमा सुचानाहरु आदान प्रदान गर्नको लागि पनि सहज वातावरण सिर्जना भएको छ।
भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रका बासीन्दाहरुले सञ्चार नहुँदा सास्ती खेप्नुपरेको थियो। सञ्चारको सुविधासँगै उनिहरुको जिवनशैलिमा पनि परिवर्तन आएको छ। विकास निर्माणको काममा सहजीकरण भएको छ त्यस्तै कोठाभित्रै बसेर पनि विभिन्न सुचनाहरु आदान प्रदान गर्न, कृषिजन्य बस्तुको बजारीकरण, निजि तथा सरकारी सेवा प्रवाह गर्नको लागि सञ्चारले सहयोग पुर्याएको छ। यति मात्र नभएर धार्मिक तथा पर्यटन प्रवद्र्धनमा पनि सञ्चार सेवाले ठुलो मद्दत पुर्याएको छ।
टेलिकमले मुक्तिनाथको दामोदरकुण्डदेखि चिनको सिमाना नाकासम्म विटिएस टावरको थ्रिजी सञ्चालन गरेको छ। त्यस्तै टेलिकमले थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा टेलिफोन र फाइवरनेटको विस्तार गरेको छ। पातलो वस्ती भएको कारण मुस्ताङमा मोबाइल र थ्रिजी नेट विस्तार गर्नको लागि टेलिकमले २० बिटिएस टावर राखेको छ। उक्त टावर दामोदर कुण्डमा जाने दर्शनार्थी र स्थानीयबासीलाई लक्षित गरेर निर्माण गरिएको हो।
मुस्ताङमा अत्यधिक मात्रामा चिसो, हावहुरी र हिमपात हुने भएको कारण सञ्चार सेवालाई प्रभावित नपार्ने द्देयले स्थानीयले सामाग्री राख्ने निर्माण गर्नुको साथै टावरसम्म केन्द्रिय प्रसारण लाइनको विधुत पनि विस्तार गरेको छ। मुस्ताङको सञ्चार सुविधालाइृ गुणस्तर बनाउन र नियमितता दिनको लागि पोखरा-बाग्लुङ, बेनी-जोमसोम-कोरला सडक निर्माणले फाइबरमा क्षेति पुर्याउने चुनौती देखिएको छ। हाल मुस्ताङमा सञ्चार सुविधा भएपछि अत्यधुनिक प्रविधिको सेवा पनि प्रवाह भैरहेको छ।