काठमाडौं। नेपाल हेभी इक्युपमेन्ट व्यवसायी संघ दाङको उपाध्यक्षमा तुलसीपुर निवासी जितेन वलीलाई चयन गरिएको छ । संघको प्रथम सम्मेलनले वलीलाई उपाध्यक्ष गरिएको हो।
उनी लामो समयदेखि यो पेशामा आबद्ध थिए । साथै उनी सामाजिक कार्यमा पनि सक्रिय छन् । जिल्लामा डिल्लीबहादुर डाँगीको नेतृत्वमा संघको नयाँ कार्य समिति चयन गरिएको छ ।