फिदिम। सुरुङ निर्माणको क्रममा ढुंगाले किच्दा पाँचथरको हिलिहाङ गाँउपालिका १ खोलाखर्कमा निर्माणाधीन काबेली ए जलविद्युत् आयोजनामा कार्यरत एक श्रमिकको मृत्यु भएको छ । इलामको देउमाई नगरपालिका ९ का अन्दाजी २५ वर्षीय भूपाल मगरको सुरुङ निर्माण गर्ने क्रममा आइतबार दिउँसो ढुंगाले किचेर मृत्यु भएको हो।
सुरुङमा ड्रिल गर्ने क्रममा ढुंगा झरेर किच्दा मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
मगरको शव पोष्टमार्टको लागि पाँचथर अस्पताल ल्याइएको छ । उक्त घटनाको विषयमा कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।