बैतडी। बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा सोमबार बिहान भूकम्प महशुस गरिएको छ।
दार्चुलापारि भारतको वतन भन्ने स्थानमा केन्द्रबिन्दु बनाएर सोमबार बिहान ९ बजेर २६ मिनेटमा ४.८ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ।
पछिल्लो समयमा पश्चिमी क्षेत्रमा भूकम्प जाने क्रम बढेको छ। पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएका कारण जोखिम रहेको भुगर्भविद्ले बताउँदै आएका छन्।
केही दिनअघि मात्रै बझाङ केन्द्रबिन्दु भएर गएको भूकम्पका कारण एकजनाको मृत्यु भएको थियो भने भौतिक संरचनामा ठूलो क्षति पुगेको थियो।