पोखरा। पोखरामा प्याराग्लाइडिङको उडान पुन सुरु भएको छ । पोखरा —१८ सराङकोटको तोरीपानीबाट आइतबारबाट उडान सुरु गरिएको हो ।
प्याराग्लाइडिङ गत पुस १७ गतेदेखी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई सुरक्षाको कारण देखाउँदै सराङकोटबाट बन्द गरिएको थियो । त्यसपछि तत्कालका लागि पोखरा–२४ मान्द्रेढुङ्गाबाट प्याराग्लाइडिङ उडान थालिएको थियो। सराङकोट र तोरीपानीबाट बन्द भएको उडान नौ महिनापछि पुनःतोरीपानीबाट थालिएकामा यहाँका व्यवसायी उत्साहित बनेका छन् ।
मान्द्रेढुङ्गा दुरीका हिसाबले पनि टाढा रहेको र उचाइमा मौसमका कारणले यहाँ प्याराग्लाइडिङ स्थापित हुन सकेको थिएन ।