मनाङ। हिमाली जिल्ला मनाङमा सुरुवाती हिमपात भएको छ। गत वर्ष यो समयमा हिमपात भएको थिएन। जिल्लाका माथिल्लो क्षेत्रमा हिमपात भएको मनाङ ङिस्याङ गाउँपालिकाले जनाएको छ।
विगतमा हिमपात नहुँदा किसानलाई सकस भएको थियो, यस वर्ष समयमा नै सुरुआत भएकोले किसान खुशी भएका छन्।
तिलिचो ताल क्षेत्र, थोराङ्ला भञ्ज्याङ, आइलेकलगायत माथिल्लो क्षेत्रमा हिमपात भएको छ। समयमा हिमपात हुँदा किसानलाई फाइदा पुग्ने स्थानीय बताउँछन्।