रामपुर। पाल्पाको रैनादेवी छहरा गाउँपालिका –२ मा ट्रस निर्माणको क्रममा खसेर एक मजदुरको मृत्यु भएको छ । कपिलवस्तु महाराजगन्ज नगरपालिका–६ सहरनिया बस्ने ३० वर्षीय इजमान खानको मृत्यु भएको हो ।
मंगलबार दिउँसो साढे २ बजे रैनादेवी छहरा –२ सर्देवास्थित सिजी कम्पनीमा ट्रस बनाउनेक्रममा खान २२ मिटर माथिबाट तल खसेका थिए । उनलाई उपचारका लागि युनाइटेड मिसन अस्पताल तानसेन लगिएकोमा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।