काठमाडौं। बझाङ केन्द्रविन्दु बनाएर गएराति भूकम्प गएको छ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार गएराति १० बजेर ३ मिनेटमा बझाङ सदरमुकाम चैनपुर आसपास केन्द्र विन्दु बनाएर ४.६ रेक्टरस्केलको ले जनाएको छ।
भूकम्प धक्का बझाङका साथै सुदूरपश्चिमका अन्य जिल्ला बाजुरा, अछाम, डडेल्धुरा, बैतडी, दार्चुलालगायत सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा समेत महशुस गरिएको छ।