एजेन्सी। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा एउटा हल्का विमान दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ। क्विन्सल्याण्ड राज्यको दक्षिणपूर्वमा रहेको ग्रामीण सहर वारविक नजिकै पाल्ग्रेभको खेतमा विमान खस्दा पाइलटको मृत्यु भएको हो।
क्विन्सल्याण्ड प्रहरीले विज्ञप्ति जारी गर्दै दुर्घटनाबारे जानकारी गराएको हो। बिहीबार स्थानीय समय अनुसार करिब १२ बजेर १५ मिनेट जाँदा विमानमा समस्या देखिएको थियो। समस्या भएको केही समयमै पाल्ग्रेभको खेतमा विमान खसी दुर्घटना हुन पुगेको प्रहरीको भनाइ छ।