काठमाडौं। फिलिपिन्सको मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आगलागी हुँदा २ जनाको मृत्यु भएको छ।
आइतबार स्थानीय समय अनुसार बिहान ९ बजे लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको हो।
दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको छ । पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारी अनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।
ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको छ । जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ । घटना हुँदा ट्याङ्कर रित्तो रहेको थियो। आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।