दार्चुला। मार्मा गाउँपालिका–४ मा खर काट्ने क्रममा भीरबाट खसेर महिलाको मृत्यु भएको छ । स्थानीय मर्मती पन्तबगरकी ३० वर्षीया पार्वती बिष्ट मेलेगाड खोलाको मेलामा खर काट्ने क्रममा भीरबाट खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
मेलामा चिप्लिएर करिब ४५० मिटर तल खसेपछि घटनास्थलमै उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार मृतक बिष्टका तीन छोरी एक छोरा छन् ।