एजेन्सी। बंगलादेशमा दुईवटा रेल एक आपसमा ठोक्किँदा २० जनाको मृत्यु भएको छ । ट्र्याकमा उभिएको मालगाडीसँग यात्रुवाहक रेल ठोक्किँदा हालसम्म २० जनाको मृत्यु भएको हो।
दुर्घटनामा करिब एक सय जना घाइते भएका छन् । जसमध्ये अधिकांशको अवस्था गम्भीर छ ।
यो दुर्घटना किशोरगञ्ज क्षेत्रमा भएको हो । स्थानीय प्रहरीका अनुसार घाइतेमध्ये धेरैको अवस्था गम्भीर छ । यात्रुवाहक रेलका दुई डिब्बा पूर्णरुपमा ध्वस्त भएका छन् । घटना दिउँसो ४ बजेतिर भएको हो ।
यस दुर्घटनापछि ढाका–चटगाउँ र सिल्हेत–किशोरगञ्ज ट्र्याकमा रेल सेवा रोकिएको छ । ट्र्याकमा धेरै क्षति पुगेको छ ।
प्रारम्भिक जानकारीका अनुसार मालवाहक रेलका चालकले सिग्नल पाए पनि रेललाई अर्को ट्र्याकमा सार्न नसकेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । अर्कोतर्फबाट आउँदै गरेको यात्रुवाहक रेलका चालकले कोसिस गर्दा पनि दुर्घटना रोक्न सकेनन् ।