काठमाडौं। हुवासिन सिमेन्टले ४३ ग्रेड सिमेन्टको नेपाल गुणस्तर चिन्ह (एनएस) का लागि आवेदन दिएको छ। १६ अर्ब रुपैयाँ लगानीमा धादिङमा निर्माणाधिन रहेको उद्योगले एक साता अघि उद्योग विभागमा एनएसका लागि आवेदन दिएको हो।
विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले एक साता अघि ४३ ग्रेडमा एनएसको आवेदन आएको जानकारी दिए। त्यो भन्दा अघि सिमेन्टको बोरा स्वीकृतिका लागि समेत नमूना आएको उनले जानकारी दिए।
धादिङको वेनीरोराङ गाउँपालिकामा निर्माणाधिन रहेको यो उद्योगको अझै पनि पूर्वाधारको काम बाँकी छ। उद्योगको पूर्वाधारको काम सकिन अझै एकदेखि डेढ महिना लाग्ने स्रोतले बताएको छ।