रुपन्देही। रुपन्देहीको मर्चवारी गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।मर्चवारी गाउँपालिका वडा नम्बर ५ बस्ने २१ वर्षीय रमनकुमार पाण्डेको करेन्ट लागेर मृत्यु भएको हो।
बिहीबार साँझ साढे ६ बजे केबल टेलिभिजनको तार मर्मत गर्ने क्रममा पाण्डेलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ।
डिजी नेटवर्कका कर्मचारी पाण्डे आफ्नै वडामा रहेको विद्युतीय पोलमा नेटको तार मर्मत गर्दै थिए । सोही क्रममा करेन्ट लागी घाइते भएका पाण्डेलाई उपचारका लागि भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।