एजेन्सी। भारतको केरलामा भएको दुई बम विस्फोटमा एक जनाको मृत्यु भएको छ । विस्फोटमा २५ जना घाइते भएका छन् । जसमा पाँच जनाको अवस्था गम्भीर रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
केरलाको एक विटनेस कन्वेन्शन सेन्टरमा तीन दिनदेखि चलिरहेको एक कार्यक्रमस्थल नजिकै आइतबार बिहान विस्फोट भएको हो । सेन्टरमा आयोजिक कार्यक्रममा क्रिश्चियन समुदायका व्यक्तिहरू सहभागी थिए ।
विस्फोट बारे अनुसन्धान भइरहेको भारतीय प्रहरीले जनाएका छन्।