बैतडी। भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका बन्द हुने परिवर्तन गरिएको समय छ। नाका खुल्ने समय साविककै रहने र बन्द हुने समय मात्रै परिवर्तन भएको हो।
यसअघि बेलुका सवा ७ बजे बन्द हुँदै आएको नाका बुधबार बेलुकादेखि एक घण्टा छिटो सवा ६ बजे बन्द हुने गरेको छ।
केही महिनाअघि बसेको सीमा समन्वय समितिको बैठकले शीतकालीन समयमा साँझ सवा ६ बजे नाका बन्द गर्ने सहमति गरेकाले सोही अनुसार बुधबारदेखि उक्त निर्णय कार्यान्वयनमा आएको हो।
कात्तिक १५ गतेदेखि फेब्रुअरी मसान्तसम्म झुलाघाट नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ६ बजे बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
ग्रीष्मकालीन समयमा भने नाका बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुने सहमति भएको छ। उक्त सहमतिअनुसार मार्च १ देखि अक्टुबर मसान्तसम्म सीमा बिहान सवा ६ बजे खुल्ने र साँझ सवा ७ बजे बन्द हुनेछ।
शीतकालीन समयमा छिटै अँध्यारो हुने भएकाले पनि नाका बन्द हुने समयमा हेरफेर गरिएको जनाएको छ।