काठमाडौं। काभ्रेको पाँचखालमा आगलागी हुँदा ९ वटा पसलमा क्षति भएको छ। तीमध्ये चारवटा कपडा पसल पूर्ण रूपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनवटा होटेल, एउटा मोबाइल पसल र एउटा मासु पसलमा आंशिक क्षति भएको छ । आज बिहान पाँचखाल–४ समाज कल्याण चोक स्थित उद्धवप्रसाद तिमल्सिनाको पसलबाट अचानक विद्युत् ‘सट’ भई आगलागी हुँदा क्षति भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।