नेपालगञ्ज । शुक्रबार मध्यराति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडा आसपास केन्द्रविन्दु भएर गएको ६.४ म्याग्निच्यूडको भुकम्पले जाजरकोट र पश्चिम रुकुम लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ । विनाशकारी भुकम्पमा परि हालसम्म १ सय ३० जना भन्दा बढीको मृत्युु भएको छ । त्यस्तै सयौंको संख्यामा घरहरु भत्किएर मानिसहरु घाइते तथा वेपत्ता भएका छन् ।
घाइते भएका जाजरकोट र रुकुमका पीडितहरुको बाँकेका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । यसै क्रममा भेरी अस्पतालमा उपचारत घाइतेलाई आवश्यक सहयोग गर्न बाँके जिल्लाका युवा नेता अस्पतालमै पुगेका छन् ।
जिल्लाको कालाफाँटा नैरनापुर निवासी समाजसेवी एवं युवा नेता साकिर खानले अस्पतालमै पुगेर घाइतेहरुका लागि ४५ पेटी पानी वितरण गरेका छन् । समाजसेवी खानले आगामी दिनमा पनि यस्तो सहयोग जारी राख्ने बताएका छन् । लामो समयदेखि समाजसेवामा आवद्ध खान बाँकेका लोकप्रिय नेता पनि हुन।