काठमाडौं। डोटीको शिखर नगरपालिका– ६ अण्यौलमा बोलेरो जीप दुर्घटना हुँदा चारजनाको मृत्यु भएको छ। पाँचजना घाइते भएका छन्।
बाजुरा जाँदै गरेको ग २ च २७७६ नम्बरको जीप राति २ बजेर २८ मिनेटमा दुर्घटना भएको हो। बाजुरा गौमूल–४ काँडाकोट का २१ वर्षीय महेश बुढाले चलाएको जीप सडकबाट ५०/६० मिटर तल खसेको प्रहरी कार्यालय डोटीले जनाएको छ।
तीनजनाको शव फेला परेको छ भने एक जनाको शव भेटिएको छैन। जीप खोलामा रहेको र उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ। जीपमा १० जना सवार थिए। दुर्घटनामा घाइते पाँचजनामध्ये चार दीपायलस्थित शैलेश्वरी अस्पतालमा उपचार प्रहरीले जनाएको छ।