काभ्रे। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपालको पर्यटन नेपालीपनकै हुनुपर्ने बताएका छन्। काभ्रेपलान्चोकको पनौती नगरपालिका–२ कुशादेवीमा रहेको फुलचोकी एड्भेन्चर प्रालिद्वारा सञ्चालित प्याराग्लाइडिङको व्यावसायिक उडानको शनिवार नागी डाँडामा शुभारम्भ गर्दै उनले प्याराग्लाइडिङबाट एक रोजगार सिर्जना हुने सम्भावना रहेको बताएका हुन्।
नेपालमा पर्यटनको प्रचुर सम्भावना रहेको छ। यसलाई स्थानीय स्वाद, स्वामित्व र स्थानीयपनसहित व्यवसाय सञ्चालन गर्नुपर्छ। पर्यटनको क्षेत्रमा एड्भेन्चर, कल्चर र नेचर तीन वटा विषयको समायोजनबाट मात्रै पर्यटनको क्षेत्रमा थप विकास हुने उनले बताए।