सिमकोट। नाम्खागाउँपालिका– ६ लिमीको हल्जीगाउँका स्थानीयले खानेपानी र घोरेटो निर्माण गरेका छन्। स्थानीयले जनश्रमदानबाट खानेपानी र घोरेटो बाटो निर्माण गरेका हुन्।
१५ वर्षपछि लामा रिम्बोचे लिमी फिर्ता आएको र उनी बस्ने गुम्बाका लागि खानेपानी र बाटो श्रमदानबाट निर्माण गरिएको स्थानीयले बताए। सिंगो गाउँवासी मिलेर ख्युखोर्चे गुम्वाका लागि खानेपानीको पाइपलाइन र धारा तथा घोडेटो निर्माण गरिएको उनिहरुको भनाइ छ।
हल्जीगाउँका ८२ घरधुरीका प्रतिघर एक जनाका दरले जनश्रमदानमा काम गरेर खानेपानीको व्यवस्था र गुम्बा जाने बाटो निर्माण गरिएको गाउँपालिकाले जनाएको छ।