रसुवा। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत् लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर एक पर्यटकको मृत्यु भएको छ। फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको लडेर मृत्यु भएको हो।
सडकबाट ३०/४० मिटर तल लडेर गम्भीर घाइते भएका मोललाई लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए।
प्रहरीको टोलीले मोललाई दिउँसो पौने २ बजेतिर उद्धार गरी स्थानीय चौकीमा पुर्याएको थियो।
स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपश्चात मोललाई फिस्टेल एयरको हेलिकप्टरमार्फत काठमाडौंस्थित ह्याम्स अस्पताल पुर्याइएको थियो। अस्पताल पुर्याउँदा चिकित्सकले मोलको मृत्यु भएको बताए।