बर्दिया। वन्यजन्तुबाट खेतबाली जोगाउन थापिएको विद्युतीय धरापमा परि एकजनाको मृत्यु भएको छ । बाँसगढी नगरपालिका २ वनमुढुवास्थित खेतमा राखिएको धरापमा पर्दा मृत्यु भएको हो।
सव डिभिजन वन कार्यालय, बाँसगढीका अनुसार धरापमा परी सोही ठाउँका करिब २८ वर्षीय रामभागीरथ थारुको मृत्यु भएको छ । घटना मंगलबार भएपनि बिहीबार बिहान सार्वजनिक गरिएको छ । थ्रेसरमा काम गर्ने मजदुर थारु धान दाउन जाँदा खेतमा राखिएको धरापमा परेको बताइएको छ।