दैलेख। कर्णाली करिडोर सडकअन्तर्गत कालेखोलाको जिरो पोइन्टमा सडक विस्तारका क्रममा पहिरोमा परी एक डोजर चालकको मृत्यु भएको छ। सडक चौडा पार्ने क्रममा पहिरो खस्दा डोजर चालकको पुरिएर मृत्यु भएको हो।
कालिकोट जिल्लाको पचालझरना गाउँपालिका–८ का धिर संज्यालको मृत्यु भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एक्कासी पहिरो खसेपछि डोजरमै च्यापिएर उनको घटनास्थलमै मृत्यु भएको छ । ठूलो पहिरो खसेका कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।