सुर्खेत। जाजरकोट भूकम्पका पीडित ६० प्रतिशतमा राहत वितरण भइसकेको बताइएको छ। कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले भूकम्पपीडितलाई एक सातामा ६० प्रतिशत राहत वितरण गरिएको बताएका हुन्।
उनले हवाइ र स्थलगत दुवै मार्गको प्रयोग गरीभूकम्पमा परेकाको उद्धारसँगै जाजरकोट र रुकुमपश्चिमका ६० प्रतिशत भूकम्पपीडितलाई राहत वितरण गरिएको बताए। उनले शनिबारसम्ममा सबै पीडितले राहत पाउने बताए।
मन्त्री जिसीले भने, “भग्नावशेषमा परिणत भएका घरका पीडितलाई त अनिवार्य राहत वितरण गर्नु नै पर्नेभयो। कच्ची घर भएका तर भूकम्पको त्रासले बाहिर बसेकालाई पनि त्रिपाल, लत्ताकपडा, भाडावर्तनलगायत बन्दोबस्तीका सामग्री सहयोग गर्नुपर्ने भएकाले राहतको परिमाण बढाउनुपर्ने भएको छ।”