काठमाडौं। सिन्धुलीको सुनकोशी गाउँपालिकामा लडेर एक वृद्धको मृत्यु भएको छ।
सुनकोसी गाउँपालिका–५ लिटेभन्ज्याङका ७० वर्षिय सुब्बा बिशंखेको आफ्नै बारीबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
शनिबार बिहान लडेर घाइते बिशंखेको भक्तपुरस्थित मध्यपुर अस्पतालमा ल्याइ उपचारको क्रममा साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।