भोजपुर। भोजपुर नगरपालिका–८, बर बोटका ज्ञानराज विष्टको घरमा आगलागी हुँदा २६ लाख ५० हजार बराबरको क्षति भएको छ । लक्ष्मीपूजा गरेको दियोबाट आगो सल्केर घरमा आगलागी हुँदा घरमा भएको सुनचाँदी, नगद पैसा, अन्नपात लगायत सामग्रीहरू जल्दा २६ लाख ६० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय भोजपुर जनाएको छ।
घरमा लक्ष्मी पूजा गरेर परिवार छिमेकीकोमा गएको बेला घरमा एक्कासी आगलागी भएको थियो । भोजपुर नगरपालिकाको दमकल,नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयहरुको सहयोग डेढ घण्टापछि आगो नियन्त्रण भएको हो।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ।