तनहुँ । नेपाल नेत्रहीन सङ्घ तनहुँले संस्थाको भवन बनाउनका लागि देउसीभैलो खेलेको छ। संस्थाका अध्यक्ष चीनबहादुर कुमालको नेतृत्वमा जिल्लाका दृष्टिविहीन सङ्गठित भई देउसीभैलो खेलेका हुन्।
देउसीभैलोबाट सङ्कलित रकमले संस्थाको भवन निर्माण गर्ने योजना बनाएको अध्यक्ष कुमालले बताए।
भैलो खेलेर करिब रु तीन लाख सङ्कलन गर्ने लक्ष्य राखेका थिए। सङ्घलाई व्यास नगरपालिका–१ का केवी गुरुङले रु ३० लाख पर्ने चार आना जग्गा निःशुल्क उपलब्ध गराए ।
भैलो खेल्न दृष्टिविहीन कलाकार रुपा थापामगरसहित १५ जनाको समूह बनाएको संस्थाले जनाएको छ।