काठमाडौं। ब्रिटिश एयरवेजले हङकङ उडान निलम्बन गरेको छ । हङकङ सरकारले चालकदलका सदस्यलाई अनिवार्य क्वारेन्टाइन बस्नुपर्ने नियम बनाएपछि एयरवेजले उडान निलम्बन गरेको हो।
एयरवेजका एक कर्मचारीमा कोभिड पोजिटिभ देखिएपछि सबैजसो चालक दलका सदस्यलाई पनि सरकारी क्वारेन्टाइन केन्द्रमा पठाइएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ।
एयरवेजले अस्थायी समयका लागि निलम्बन गरेको बताएको छ। यसअघि नोभेम्बर २० मा पनि बीएका पाइलटको पोजिटिभ रिपोर्ट आएको थियो । त्यतिबेला चालक दलका सदस्यहरुलाई हङकङको पेन्नी बे क्वारेन्टाइन सेन्टरमा राखिएको थियो ।
हङकङको स्वास्थ्य विभागका प्रवक्ताका अनुसार उनीहरु सबै बेलायत फर्केका थिए । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोनबारे सार्वजनिक भइरहँदा बीएले उडान निलम्बनको घोषणा गरेको हो ।