काठमाडौं। भारतीय दूरसञ्चार सेवाप्रदायक भोडाफोन आइडिया फाइभजी परीक्षणमा सफल भएको छ । भारतको पुणेमा गत शुक्रबार गरिएको फाइभजी परीक्षण सफल भएको हो।
परीक्षणमा कम्पनीले ४.१ जीबीपीएसको गति हासिल गर्न सफल भएको छ। कम्पनीले भारतका तीन सहर पुणे, महाराष्ट्र र गान्धीनगरमा फाइभजी परीक्षणका लागि अनुमति प्राप्त गरेको छ। यहाँ दुई फरक सेवाप्रदायकबाट फाइभजी परीक्षणको काम गरिरहेको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार गान्धीनगरमा नोकियासँग र पुणेमा एरिक्सनसँग परीक्षण भइरहेको छ । पुणेमा २६ गिगाहर्ज ब्याण्डको स्पेक्ट्रम प्रयोग गरिएको थियो । थप दुई स्थानमा पनि चाँडै परीक्षण अघि बढाइने कम्पनीले जनाएको छ ।