सप्तरी। डाक्नेश्वरी नगरपालिकाले अतिक्रमण गरिएका पोखरी खाली गर्न ३५ दिने अल्टिमेटम दिएको छ । नगरपालिकाले शुक्रबार एक सूचना जारी गर्दै पोखरी खाली गर्न ३५ दिने अल्टिमेटम दिएको हो।
नगरपालिकाभित्र रहेका सार्वजनिक ऐलानी पोखरी अतिक्रमण गरेका स्थानीयलाई खाली गर्न ३५ दिने अल्टिमेटम दिएको जनाइएको छ । पोखरी अतिक्रमण गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा प्रयोग गर्दै आएका व्यक्तिले ३५ दिनभित्रमा खाली गर्न जनाएको छ ।