काठमाडौं। रुकुम पश्चिममा जीप दुर्घटना हुँदा २२ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था चिन्ताजनक छ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीज्युलाको कालेगाउँ पुल भन्ने ठाउँमा लु १ ज २२९७ को जिप दुर्घटनामा परेको रुकुम पश्चिम प्रहरीले जनाएको छ।
चौरजहारीबाट खलंगा जाँदै गरेको जिप आज बिहान दुर्घटनामा परेको रुकुम पश्चिमका प्रहरीले जानकारी दिए। उनीहरुको अहिले उद्धार गरेर विभिन्न अस्पताल पठाइएको र घाइते मध्ये ७ जनाको अवस्था चिन्ताजनक रहेको बताइएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।